शान्तिपूर्ण नयाँ क्रान्ति सुरु हुँदैछ, दमन गर्न खोजे कुनै तागतले रोक्न सक्दैनः प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिटै ठूलो आन्दोलनमा जाने बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी घटकहरुलाई एकै ठाँउमा ल्याएर छिटै ठूलो आन्दोलनमा जाने बताएका हुन् । प्रचण्डले आन्दोलन र क्रान्तिबाट मुलुकमा देखिएका समस्याहरुको समाधान गर्न तर्फ अग्रसर रहेको उल्लेख …