राजविराज, असार ३२।
कैलाश माझी : सप्तरी जिल्ला अदालतले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक प्रतिवेदन तयारी, वार्षिक कार्ययोजना निर्माण, नयाँ दायरी सार्ने लगायतका व्यवस्थापकीय कार्य सम्पन्न गर्नुपर्ने भएकाले अस्थायी रूपमा नयाँ मुद्दा दर्ता स्थगित गरेको छ।
अदालत प्रशासन शाखाद्वारा प्रकाशित सूचनाअनुसार अन्तिम हदम्याद नकट्ने प्रकृतिका नयाँ मुद्दाहरू २०८३ साउन ८ गतेसम्म दर्ता गरिने छैनन्। भने, अन्तिम हदम्याद समाप्त हुने मुद्दाहरू भने यथावत् दर्ता गरिने जनाइएको छ।
अदालतले साउन ११ गते (सोमबार) देखि नियमित रूपमा नयाँ मुद्दा दर्ता सुरु गर्ने तथा साउन १२ गतेदेखि नियमित इजलास सञ्चालन हुने जानकारी दिएको छ।
सप्तरी जिल्ला अदालतका स्रेस्तेदार (उपसचिव) श्यामहरि अधिकारी द्वारा जारी सूचनामार्फत सेवाग्राही, कानुन व्यवसायी तथा सरोकारवालाहरूलाई उक्त व्यवस्था बारे जानकारी गराइएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।