सम्पर्क कार्यालय खोल्दैमा पार्टी फुटाउने भन्ने हुँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, : नेपाली कांग्रेसको संस्थापनइतर पक्ष सम्पर्क कार्यालय स्थापना गर्ने तयारीमा जुटेको छ । त्यसका लागि सो समूहले छलफल अघि बढाएको छ ।
पार्टी फुटाउन खोजेको हल्ला समाचार बाहिरीएपछी पुर्ण बहादुर खड्का प्यानल शशी कुमार केसी ले सम्पर्क कार्यालय खोल्दैमा पार्टी फुटाउने भन्ने हुँदैन पार्टी अगाडि बढाउन सहज होस भनेर सम्पर्क कार्यालय खोलेको हो भनेर नमस्ते अन्लाईन मिडियालाई टेलीफोन सम्पर्कमा जानकारी दिएका छन्

नेता कृष्णप्रसाद सिटौलाले सम्पर्क कार्यालय स्थापनाका लागि छलफल भइरहेको बताए । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिले सुर्खेतमा छन् । उनी आएपछि आफूहरू अघि बढ्ने सिटौलाले बताए । “पूर्णबहादुरजी सुर्खेतमा हुनुहुन्छ । कहिले फर्कनुहुन्छ अनि हामी अगाडि बढ्छौँ,” उनले भने ।

पार्टी एक होस् भन्ने आफूहरूको चाहना रहेको महतको भनाइ छ । पार्टीको १५औँ महाधिवेशन निष्पक्ष ढंगबाट गर्न साझा सहमति र संयन्त्र चाहिन्छ भन्ने आफूहरूको मुख्य कुरा रहेको उनको भनाइ छ । “त्यो भएन भने अधिवेशन नै एकतर्फी हुन्छ अनि त्यसले त पार्टीलाई झन् कमजोर बनाएर लैजान्छ, नमस्ते अन्लाईन मिडियालाई ” महतले भने ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।