कुटपिट मुद्दाका ५ फरार प्रतिवादी पक्राउ, अदालतमा बुझाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी, राजबिराज : सप्तरी प्रहरीले कुटपिट मुद्दामा अदालतबाट फैसला भएर फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फैसला कार्यान्वयन अभियानअन्तर्गत खटिएको प्रहरी टोलीले सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ बस्ने आदित्य यादव, तारा प्रसाद यादव, अमरेश प्रसाद यादव, रामदत्त यादव तथा धर्मदेव कुमार यादव रहेका छन्।

उनीहरू सबै कुटपिट मुद्दामा दोषी ठहर भई जनही १ हजार रुपैयाँका दरले जरिवाना तोकिएका प्रतिवादी रहेको प्रहरीले जनाएको छ। पाँचै जनाबाट जम्मा ५ हजार रुपैयाँ जरिवाना असुल हुने उल्लेख गरिएको छ।

प्रहरीले पक्राउ परेका प्रतिवादीहरूलाई मिति २०८३/०२/०६ गते सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको जनाएको छ।

फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।