लेनदेन मुद्दाकी फरार प्रतिवादी १ वर्ष कैद सजाय भुक्तानका लागि पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज, वैशाख १५ — सप्तरी प्रहरीले अदालतबाट सजाय तोकिएपछि फरार रहेकी एक प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार फैसला कार्यान्वयनको सिलसिलामा खटिएको प्रहरी टोलीले लेनदेन मुद्दामा दोषी ठहर भई फरार रहेकी रीता कुमारी यादवलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार यादव सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. १० निवासी हुन्। उनलाई मिति २०८३ वैशाख १५ गते पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजमा उपस्थित गराइएको थियो।

अदालतको आदेशपछि उनलाई १ वर्ष कैद सजाय भुक्तानका लागि कारागार कार्यालय राजविराज, सप्तरी पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले फरार प्रतिवादी पक्राउ अभियान निरन्तर जारी रहेको जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।