मोरङ । विराटनगर महानगरपालिका–१६ दरैयाबाट प्रहरीले २३.२६ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले २०८३ असोज १६ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, असोज १५ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक युवकलाई शंकाका आधारमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ बस्ने २५ वर्षीय सरोज तिबारीको साथबाट २३.२६ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले तिबारीलाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङमा ल्याएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।