काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन पत्र दर्ता असोज १९ गते हुने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले २०८३ असोज १६ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन पत्र दर्ता असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभा गृह, काठमाडौंमा हुने भएको हो।
निर्वाचन समितिले तोकिएको समयभित्र योग्य उम्मेदवारहरूले मनोनयन पत्र दाखिला गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यहरूलाई सूचित गरेको छ।
समितिले निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण भने पछि प्रकाशित गरिने जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।