मोरङ। मोरङको उर्लाबारी नगरपालिका–४ भानुमार्गस्थित एक घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ कात्तिक २५ गते राति करिब १०ः३५ बजे घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।
प्रहरीले तास खेलिरहेको अवस्थामा उर्लाबारी नगरपालिका–४ का ३२ वर्षीय शिवनिधि, ४९ वर्षीय युवराज थापा, ३५ वर्षीय डम्बरबहादुर अधिकारी, ३९ वर्षीय कमल खड्का, ५० वर्षीय गोपाल भुजेल, ४१ वर्षीय दुर्गाबहादुर भुजेल, ४२ वर्षीय मोहन खड्का र ५० वर्षीय सुरेश कार्कीलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट नेपाली नगद २२ हजार २०० रुपैयाँ र दुई बुङ तास बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका आठै जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।