सुनसरीमा ब्राउन सुगरसहित ३० वर्षीय समुएल राई पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाङ्गेबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ कात्तिक २६ गते बिहान ११ बजेको समयमा अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले स्थानीय ३० वर्षीय समुएल राईलाई शंकाका आधारमा नियन्त्रणमा लिन खोजेको थियो।

प्रहरीलाई देखेपछि भाग्ने क्रममा लडेर सामान्य घाइते भएका राईको शरीर खानतलासी गर्दा १ ग्राम ८० मिलिग्राम (१.०८ ग्राम) ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

उक्त पदार्थसहित राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।