सप्तरी, कार्तिक २६ गते ।
कैलाश माझी : सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचबाट प्रहरीले २३१ किलो ८०० ग्राम गाँजा बरामद गरेको छ।
प्राप्त जानकारीअनुसार आज राति करिब १ बजे उक्त स्थानमा खाल्डो खनेर गाँजा लुकाई राखिएको विशेष सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थको तौल २३१ किलो ८०० ग्राम रहेको छ।
प्रहरीका अनुसार घटनास्थलमा कुनै पनि व्यक्ति फेला परेका छैनन्। बरामद गाँजा कसले, कुन प्रयोजनका लागि र किन खोलाको बीचमा लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।