प्रेस काउन्सिलको निगरानी जारी : धार्मिक सद्भाव खलबल्याउने सामग्री हटाउन ४ प्लेटफर्मलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन १८।

कैलाश माझी : प्रेस काउन्सिल नेपालले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका घटनापछि धर्म तथा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउने, हिंसा र त्रासलाई प्रश्रय दिने तथा उत्तेजना फैलाउने सामग्रीमाथि निगरानीलाई निरन्तरता दिएको छ।

काउन्सिलले साउन १८ गते सार्वजनिक गरेको अनुगमन तथा कारबाही विवरणअनुसार ३ वटा मिडियामा प्रकाशित/प्रसारित ३ वटा सामग्री तत्काल हटाउन टेलिफोनमार्फत निर्देशन दिइएको थियो। काउन्सिलका अनुसार तीनवटै मिडियाले निर्देशन पालना गर्दै सम्बन्धित सामग्री हटाएका वा सम्पादन गरेका छन्।

त्यसैगरी, दर्ता नभएको एक सामाजिक सञ्जाल (फेसबुक पेज/रिल) मा प्रकाशित एक सामग्री पनि काउन्सिलको निर्देशनपछि हटाइएको जनाएको छ।

प्रेस काउन्सिल नेपालले धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पार्ने, घृणा, हिंसा वा उत्तेजना फैलाउने सामग्री प्रकाशन वा प्रसारण नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पुनः आग्रह गरेको छ। साथै यस्ता सामग्रीमाथि नियमित अनुगमन जारी रहने र आवश्यक परे थप कारबाही गरिने जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।