जलेश्वर, साउन १९।
कैलाश माझी : महोत्तरी प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएको ६४३ केजी चिनियाँ स्याउ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार साउन १८ गते राति करिब ११:३० बजे विशेष सूचनाका आधारमा जलेश्वर नगरपालिका–१२ स्थित लाल रायको घर तथा पसलमा प्रहरी टोलीले छापा मारेको थियो।
खानतलासीका क्रममा घर तथा पसलमा कार्टुनभित्र लुकाइछिपाइ राखिएको ६४३ केजी चिनियाँ स्याउ फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको स्याउको अनुमानित मूल्य रु. १ लाख ६० हजार ७५० रहेको छ।
बरामद गरिएको स्याउ आवश्यक कानुनी कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय, महोत्तरी पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।