सुनसरी। सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित झापाका एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ कात्तिक २८ गते दिउँसो १ः२५ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत लौकही क्षेत्रमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका झापाको दमक नगरपालिका–४ निवासी २७ वर्षीय नारायण प्रसाईलाई शंका लागेर प्रहरीले खानतलासी गरेको थियो। सो क्रममा उनले मलद्वारमा लुकाइछिपाइ ल्याएको १ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उक्त पदार्थसहित प्रसाईलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।