मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
प्राप्त प्रारम्भिक विवरणअनुसार आज बिहान करिब ५:४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०८८० नम्बरको यात्रुवाहक माइक्रोबस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो।
दुर्घटनाका बेला माइक्रोबसमा चालकसहित १५ जना सवार रहेको खुलेको छ। दुर्घटनामा चालकसहित १० जनाको मृत्यु भएको र बाँकी ५ जना घाइते भएको जनाइएको छ।
घटनापछि उद्धार कार्य गरी घाइतेहरूलाई उपचारका लागि पठाइएको छ। मृतक तथा घाइतेहरूको नाम, ठेगाना र दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।
दुर्घटनाको थप विवरण प्राप्त हुन बाँकी छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।