मधेशमा सत्ता परिवर्तनको प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम दिएको राजीनामा २०८३ कात्तिक २८ गते शनिबार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले स्वीकृत गरेका हुन्।

राजीनामा स्वीकृत भएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि प्रदेश प्रमुखले दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार इच्छुक प्रदेश सभा सदस्यले २०८३ मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेभित्र आफ्नो दाबी पेस गर्नुपर्नेछ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।