ब्राउन सुगर लुकाउने अनौठो तरिका, मलद्वारमा राखेर ल्याउँदै गर्दा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी। सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ कात्तिक २७ गते दिउँसो १२ः२० बजे लौकहीस्थित पुरानो बसस्टेन्डमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका धरान उपमहानगरपालिका–१ निवासी २५ वर्षीय अमर दर्जीलाई शंका लागेर प्रहरीले खानतलासी गरेको थियो। सो क्रममा उनले मलद्वारमा लुकाइछिपाइ ल्याएको ५ ग्राम ३४० मिलिग्राम (५.३४ ग्राम) ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

उक्त पदार्थसहित दर्जीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।