मोरङ। जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट दोषी ठहर भई फरार रहेका २२ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा न्यायिक कारबाहीलाई पूर्णता दिने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत फरार प्रतिवादीहरू पक्राउ परेका प्रहरीले जनाएको छ।
पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कारबाही तथा फैसला बमोजिमको जरिवाना असुलउपर गर्ने प्रयोजनका लागि मोरङ जिल्ला अदालत विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठका अनुसार अदालतबाट भएका फैसला कार्यान्वयन गराउने कार्यलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।