वीरगञ्ज । वीरगञ्जमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राका क्रममा धार्मिक सद्भाव बिथोल्ने आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकामध्ये दुई जना हिन्दु र दुई जना मुस्लिम समुदायका रहेको जनाएको छ।
पक्राउ परेका हिन्दु युवाहरूको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका हिन्दु युवा नेताहरूलाई प्रहरीले लाठीचार्ज गरी तितरबितर पारेको छ। लाठीचार्जका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार अर्जुन गुप्ता घाइते भएका छन्। टाउकोमा चोट लागेका गुप्ताको अहिले वीरगञ्जस्थित नरायणी अस्पतालमा उपचार भैरहेको छ।
यता, हिन्दु युवा नेताहरूले प्रहरीको ज्यादतीको विरोधमा घण्टाघर नजिक नाराबाजी गरिरहेका छन्। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।