वैदेशिक रोजगारमा ज्यान गुमाएका गोपाली यादवको परिवारलाई सहयोग रकम हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तकोशी, भदौ २७ ।


वैदेशिक रोजगारको क्रममा मलेसियामा कार्यरत रहँदै असामयिक निधन भएका सप्तकोशी नगरपालिका–१० निवासी गोपाली यादवको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ।

वि.सं. २०८१ साल चैत्र २४ गते मध्यरातमा यादवको निधन भएपछि त्यहाँ कार्यरत नेपाली कामदारहरूको सक्रिय पहल र सहयोगमा उहाँको शव नेपाल पठाइएको थियो। निधनपश्चात् मलेसियामा कार्यरत नेपालीहरूबाट संकलन गरिएको सहयोग रकम आज औपचारिक रूपमा परिवारलाई प्रदान गरिएको हो।

सप्तकोशी नगरपालिका–९ निवासी होमनारायण यादवको नेतृत्वमा संकलन गरिएको रु. १०,१०० (दश हजार एक सय रुपैयाँ मात्र) मृतक यादवको घरपरिवारलाई स्थानीय समाजसेवीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा चन्द्र नारायण यादव, दिपनारायण साह, रामकुमार यादव, दर्पी यादव, अयोधी प्रसाद यादवलगायतका व्यक्तिहरूको रोहवर रहेको थियो।

समाजका तर्फबाट मृतक यादवको योगदान र संघर्षलाई स्मरण गर्दै सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरिएको छ। मृतकका परिवारजनले पनि कठिन परिस्थितिमा गरिएको सहयोगप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।