त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रका लागि अनलाइन सेवा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्रका लागि अब परीक्षा नियन्त्रण कार्यालयमा भौतिकरुपमा उपस्थित हुनैपर्ने बाध्यता हटेको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ ।

‘आज २०८२ वैशाख २ गते बिहान ११ बजेदेखि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्रका लागि अनलाइनबाट आवेदन सञ्चालन गरेको छ,’ सूचनामा भनिएको छ, ‘हालका लागि भुक्तानी कनेक्ट आइपीएसबाट गर्न सकिनेछ र क्रमशः अन्य भुक्तानी गेटवेहरू समेत समावेश गर्दै जाने जानकारी त्रिभुवन विश्वविद्यालयले दिएको छ ।’

तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयले यसअघि २०८० माघ १५ देखि प्रमाणपत्रको फाराम अनलाइनबाट भर्न मिल्ने सुविधा सुरु गरेको थियो । तर, अनलाइन सेवा सार्वजनिक भएको भोलिपल्टै वेबसाइट ह्याक भएपछि उक्त सेवा अवरुद्ध भएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।