काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जी आन्दोलनको मागलाई सम्बोधन गर्दै पूर्वमुख्य न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
कार्कीलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपतिले संविधानको धारा ६१ लाई आधार मानेका छन्। धारा ६१ को उपधारा (३) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ भने, उपधारा (४) मा ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भन्ने व्यवस्था गरिएको छ।
यिनै संवैधानिक प्रावधानलाई आधार बनाउँदै राष्ट्रपति पौडेलले अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षका रूपमा सुशीला कार्कीलाई नेतृत्व गर्ने जिम्मेवारी दिएका हुन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।