सुनसरीमा लागूऔषध ट्याब्लेट र क्याप्सुलसहित २३ वर्षीय युवक नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी, असार २९ 

कैलाश माझी : सुनसरीको इटहरी उपमहानगरपालिका–५, आइतबारेबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असार २९ गते दिउँसो १:३० बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी जनताबस्ती र प्रहरी चौकी बालग्रामबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी–५ निवासी २३ वर्षीय भवानी गुरुङ लाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा ट्रामाडोल ७० क्याप्सुल र डिसाइक्लोमाइन १२९ ट्याब्लेट बरामद गरेको जनाएको छ।

बरामद लागूऔषधसहित गुरुङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।