सप्तरीमा ९ लाखभन्दा बढीको भन्सार छली सामान नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले भारतबाट अबैध रूपमा ल्याइएका ९ लाख ४२ हजार ८ सय ८५ रुपैयाँ बराबरका विभिन्न कपडा र किराना सामानहरू नियन्त्रणमा लिएको छ।

सीमाक्षेत्रमा बढाइएको निगरानीका क्रममा ती सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मातहतका कार्यालयहरूले विभिन्न मिति र समयमा सञ्चालन गरेको चेकजाँच अभियानका क्रममा ती सामानहरू फेला पारेका हुन्।

सामानहरू भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएको अवस्थामा बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रवक्ता डम्बर बहादुर पुरीले जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा लिइएका सामानहरूलाई मिति २०८२ साल कात्तिक १८ गते (नेपाली संवत् ११४६ अनुसार) भन्सार कार्यालयमा बुझाइएको हो।
प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता पुरीले भने —
“सीमाक्षेत्र हुँदै हुने अवैध कारोबार र भन्सार छली नियन्त्रण हाम्रो प्राथमिकता हो। प्रहरीको निगरानी अझ कडा बनाइएको छ र यस्ता कार्यमा संलग्न जो कोही पनि कानुनी दायरामा ल्याइनेछ।”

उनले प्रहरीले हाल सीमावर्ती क्षेत्रमा नियमित गस्ती, सूचना संकलन र निगरानी कार्यलाई तीव्र बनाएको पनि बताए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।