सप्तरी एफ.एम.द्वारा वनभोज तथा संचारकर्मी सम्मान कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रवि शर्मा । सप्तरी मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित सप्तरी एफ.एम.ले शनिबार हनुमाननगर कंकालिनी नगरपालिका-१३, गोवरगाढास्थित कोशी पलारमा वनभोज तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।

संचार क्षेत्रका विभिन्न माध्यमहरूमा योगदान पुर्‍याउने पत्रकारहरूको सम्मानका लागि आयोजना गरिएको कार्यक्रममा एफ.एम., अनलाइन पत्रकारिता र पत्र-पत्रिकामा क्रियाशील संचारकर्मीहरूलाई डायरी, कलम, र गम्छा प्रदान गरी सम्मान गरियो।

कार्यक्रममा एफ.एम.का स्टेसन म्यानेजर कमल मण्डल र संचालक मनोज मण्डलले रामनाथ यादव, राजु शर्मा, गंगा प्रसाद साह, निरज कुमार मण्डल, पिन्टु यादव, नवीन यादव, रवि शर्मा, साक्षी साह लगायतलाई सम्मानित गरे।

स्थानीय स्तरका जनप्रतिनिधिहरू जस्तै हनुमाननगर कंकालिनी नगरपालिका-१३ का भूपू अध्यक्ष विन्देश्वरी यादव, पूर्व वडा अध्यक्ष हरि नारायण यादव, वडा नं. ६ का सचिव रामभराष यादव, वडा नं. १४ का कारी यादव र विन्देश्वर यादव, साथै भारत पंचायत समितिका दिपक मण्डलको उपस्थिति कार्यक्रममा उल्लेखनीय रहेको थियो।

सप्तरी एफ.एम.की प्रीति अधिकारीका अनुसार, संचारकर्मीहरूको योगदानको कदर गर्दै यस किसिमका कार्यक्रम आगामी दिनमा पनि निरन्तर गरिने योजना रहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।