राजविराज– २२ पुस
सप्तरी । ‘पैसा डबल गरीदीने’ लोभ देखाएर दर्जनौं ब्यक्तिबाट लाखौं ठगी तथा आपराधिक बिश्वासघात गरेको आरोपमा पक्राउ परेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, बभनगामा टोलका हनुमानी भनिने राम बहादुर रजक लाई प्रहरीले सार्वजनिक गरेका छन् ।
आईतबार घर टोल बाटो बाटै पक्राउ परेका उनलाई जिल्ला प्रहरी कर्यालयमै सोमबार अर्थात आज बिहान पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । उनी विरुद्ध एक जना पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी पश्चात सप्तरी जिल्ला अदालतबाट पक्राउ पुरपुष जारी भए संगै फरार रहेका उनलाई सुराकीको आधारमा हिजो साझ पक्राउ गरिएको प्रहरीले सम्मेलन मर्फत जानकारी गराएका छन ।
वर्षौदेखि ठगी धन्दामा संलग्न भएको भन्दै गुनासो र उजुरी समेत परेपछि पक्राउ परेका उनी माथि थप अनुशन्धान भईरहेको तथा निज राम बहादुर रजकद्वारा ठगिएको व्यक्तिहरुलाई सम्पर्क राख्न अनुरोध समेत गरिएको छ । सोही पत्रकार सम्मेलनमा केही हुण्डी कारोबारी लाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडि बाढाएको जानकारी दिदै २०८१ आस्विन १७ यता हाल सम्मको घटना तथा सोको निदान र प्रगति बिवरण समेत सार्वजनिक गरिएको थियो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।