पाकिस्तानी प्रधानमन्त्रीले आणविक हतियारसम्बन्धी निर्णय लिन बैठक बोलाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमडौं, २७ वैशाख । भारतको ‘अपरेसन सिन्दूर’पछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ । केहीदिनदेखि दुवै देशले एकअर्कामाथि आक्रमण गरिरहेका छन् ।

पाकिस्तानले पनि ‘अपरेशन बुन्यान उल मार्सूस’ सुरु गरेको छ । यसले भारतीय सैन्य अड्डाहरू लक्षित आक्रमण सुरु गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रिय कमाण्ड प्राधिकरण (एनसीए)को बैठक बोलाएका छन् । एनसीएको बैठकले आणविक हतियारसम्बन्धी निर्णय लिने बताइएको छ ।

राष्ट्रिय कमाण्ड प्राधिकरण पाकिस्तानको सर्वोच्च निकाय हो जसले देशको आणविक हतियारको उत्पादन, नियन्त्रण, सुरक्षा र प्रयोगको निरीक्षण गर्दछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।