मधेसीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै भारदहमा १ घण्टा चक्काजाम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रवि शर्मा

सप्तरी । नेपाल प्रिमियर लिग क्रीकेट प्रतियोगिता( एनपिएल)को क्रममा जनकपुर टिमलाई समर्थनगर्ने हरु माथि भएको अश्लील र आक्रमणमा संलग्नमाथि कारबाहीको माग गर्दै भारदहमा एक घण्टा चक्काजाम गरेका छन् ।

जनमत पार्टी हनुमाननगर कंकालनी नगरपालिका नगर समितिले आक्रमणमा संलग्नमाथि कारबाहीको माग गर्दै टायर वालेर विरो जनाउदै भारदहमा चक्काजाम गरेका थिए । जनमत नगर समिति संयोजक राजेश कुमार यादवको अगुवाई सयौ कार्यकर्ताको सहभागिता रहेका थिए ।काठमाण्डौमा एनपिएल क्रिकेट प्रतियोगिताको फाईनल खेल जनकपुर वोल्ट र सुदुरपश्चिम विच खेलमा जनकपुरका समर्थक माथि अश्लील शब्द प्रयोग गर्दै आक्रमण समेत गरेका थिए ।

यता मधेशी माथि भएको आक्रमणको विराध जनाउदै जसपा नेपाल निकट समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनद्वारा कार्वाहीको माँग गर्दै सप्तरी प्रमुख जिल्ला अधिकारीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।

समाजवादी विद्यार्थी युनियन सप्तरीका अध्यक्ष र समाजवादी युवा संघ सप्तरीका अध्यक्ष नेतृत्वमा पुगेको युवा विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।