१४ चैत, काठमाडौं । कुलमान घिसिङको बर्खास्तीविरुद्ध प्रदर्शनमा उत्रिएका उनका समर्थकको जुलुसबाट पक्राउ परेका अमेरिकी नारिक अध्यागमन विभाग बुझाउने तयारी गरिएको छ ।
पक्राउ परेका ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाललाई अध्यागमनमा बुझाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनी कुलमान समर्थकको प्रदर्शनमा राजतन्त्रको ब्यानर बोकेर पुगेको आरोप छ । उनलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको थियो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।