राजविराज, असार ४
कैलाश माझी : लेनदेन सम्बन्धी मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेकी एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट लेनदेन मुद्दामा दोषी ठहर भई कैद सजाय सुनाइएकी फरार प्रतिवादीलाई खोजतलास गरी पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरीको रुपनी गाउँपालिका–५ निवासी रुन्दी देवी खंग रहेकी छन्। अदालतले उनलाई लेनदेन मुद्दामा १ वर्ष कैद सजाय सुनाएको थियो। फैसला पश्चात फरार रहेकी उनलाई प्रहरीले खोजतलासका क्रममा फेला पारी मिति २०८३ असार ४ गते पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकी प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।