रवि शर्मा
सप्तरी: हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ का शुभेलाल मण्डल आज बिहान कोशी टप्पुमा जंगली जनावर अर्नाको आक्रमणबाट गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ।
मण्डल खेतमा काम गरिरहेका बेला अचानक अर्नाको आक्रमणमा परेका थिए। स्थानीयले उनलाई गम्भीर अवस्थामा उद्धार गरी स्थानीय अस्पताल पुर्याए पनि उनलाई बचाउन सकिएन।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।