कोशी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यी तीन वटा प्रदेशसहित देशको पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही र बाँकी भागमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

देशका हिमाली एक–दुई ठाउँमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश र लुम्बिनीको थोरै क्षेत्रमा हावाहुरीको समेत सम्भाव

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।