हनुमाननगरमा दलित, अशक्त, अपांग र जेष्ठ नागरिकलाई व्लाङ्केट वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२०८१ पुस २० गते, शनिबार,

रवि शर्मा । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.-१० ईनर्वामा दलित, गरिब, अशक्त, अपांग र जेष्ठ नागरिकलाई लक्षित गरी व्लाङ्केट वितरण कार्यक्रम सम्पन्न भएको छ। संघीय मन्त्री नवलकिशोर साहको सहयोगमा प्राप्त व्लाङ्केटहरू वडा नं.-१० का अध्यक्ष राम लखन मण्डलको नेतृत्वमा वितरण गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि पूर्व मेयर शैलेश कुमार साह, व्यवसायी दिलिक कुमार साह, सफिद रहमान, पूर्व शिक्षक तथा समाजसेवी भोजदेव मण्डल, प्रधानाध्यापक जगदेव मण्डल, महिला नेतृ सरस्वती मण्डल लगायत स्थानीय व्यक्तित्वहरूको सक्रिय उपस्थिति रहेको थियो।

वडाध्यक्ष राम लखन मण्डलले समाजका दलित, अपांग र जेष्ठ नागरिकजस्ता वंचित वर्गहरूलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा राहतको भावना सिर्जना गर्ने र सबै वर्गको जीवनमा सकारात्मक प्रभाव पार्ने बताएका छन ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।