कैलाश माझी,रोल्पा : एकै घरका दुई जना नाबालिका बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा रोल्पामा ५५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ गाउँपालिका–४ थर्पु निवासी धनप्रसाद पुन रहेका छन्। उनीमाथि एकै घरका १५ वर्षीया बालिका र उनकी ११ वर्षीया बहिनीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे जानकारी प्राप्त भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा आरोपित पुनलाई नियन्त्रणमा लिई कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
बालिकामाथि भएको यस्तो गम्भीर प्रकृतिको अपराधले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।
नाबालिकामाथि हुने यौनजन्य हिंसा र दुर्व्यवहार समाजका लागि गम्भीर चुनौतीको विषय बन्दै गएको भन्दै सरोकारवालाहरूले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।
प्रहरीले घटनासम्बन्धी थप प्रमाण सङ्कलन, पीडित पक्षको बयान तथा अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको जनाएको छ। घटनाको विस्तृत विवरण भने अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने बताइएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।