सप्तकोशी, असोज ७ ।
कैलाश माझी : सुनसरीको धरानबाट बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ जाँदै गरेका एक युवक करिब दुई दिनदेखि बेपत्ता भएका छन् ।
सप्तकोशी नगरपालिका–११, सप्तरी निवासी अन्दाजी २६ वर्षीय ब्रहमदेव सन्त असोज ५ गते दिउँसो करिब १२ बजे देखि हराइरहेका परिवारजनले जानकारी दिएका छन् ।
परिवारका अनुसार उनी निलो पाइन्ट, सेतो सर्ट लगाएका थिए र खुट्टामा किट्टो चप्पल थियो । उचाइ करिब ५ फिट १० इञ्च रहेको जनाइएको छ ।
उनीलाई अन्तिम पटक धरान भानुचोकमा देखिएको र त्यसपछि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने क्रममा सम्पर्क टुटेको बताइएको छ ।
परिवारले खोजी कार्यमा सहयोग गर्न सबैसँग अनुरोध गर्दै, जो–कोहीले उनलाई देख्नुभएको वा सम्बन्धित जानकारी प्राप्त गर्नुभएको खण्डमा तत्काल सम्पर्क गर्न आग्रह गरेका छन् ।
📞 सम्पर्क नम्बर :
9825714460
9870222689
9819934126
परिवारजनले सबैलाई यो सूचना व्यापक रूपमा सेयर गरी खोजीमा सहयोग गर्न अपिल गरेका छन् ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।