धनकुटामा छुरा प्रहार घटना : ६ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनकुटा  धनकुटामा छुरा प्रहार गरी दुई जनालाई घाइते बनाएको घटनाको अनुसन्धानका लागि ६ जना पक्राउ परेका छन् ।

धनकुटा नगरपालिका–६ नासलचोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा नगरपालिका–७ का १८ वर्षीय लाजिहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । खड्गीलाई नासलचोकबाट र लिम्बूलाई शिवमन्दिरबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । थप चार जना नाबालकलाई पनि पक्राउ गरी सोधपुछ भइरहेको छ ।

नयाँ वर्षको दिन हिजो धनकुटा नगरपालिका–५ बिहीवारे हटिया नजिक १७ वर्षीय कुशल राई र आयुष राईमाथि छुरा प्रहार भएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार घाइते कुशल र आयुषको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।