सप्तरीमा सवारी दुर्घटना, ६ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी, भदौ १ ।
कैलाश माझी : सप्तरीको सप्तकोशी नगरपालिका–२ पर्शास्थित कंचनपुर–फत्तेपुर सडक खण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दिउँसो करिब २ बजेतिर कंचनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ८८२२ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फ गइरहेको प्रदेश १–०५–००२ प १४६ नम्बरको मोसा (मोटरसाइकल) ले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुनेहरुमा —
१. मोसा चालक उदयपुर चौदण्डीगढी नगरपालिका–५ का २६ वर्षीय सन्दीप चौधरी (गम्भीर घाइते, दुबै घुँडा, दाहिने हात र मुखमा चोट, अवस्था मध्यम)।
२. सिटी सफारीमा सवार सप्तकोशी नगरपालिका–७ की ५० वर्षीया वडा सदस्य बिमला चौधरी (साँया कन्चटमा चोट, अवस्था सामान्य)।
३. सोही ठाउँकी १८ वर्षीया एलिना चौधरी (टाउकोमा चोट, अवस्था सामान्य)।
४. १८ वर्षीया अनु थापा मगर (टाउकोमा चोट, अवस्था सामान्य)।
५. १८ वर्षीया सबिना चौधरी (टाउकोमा चोट, अवस्था सामान्य)।
६. सिटी सफारी चालक २५ वर्षीय भाजु बहादुर (अवस्था सामान्य) रहेका छन्।

सर्वै घाइतेलाई स्थानिय किरण पोलिक्लिनिक तथा अन्य नजिकैका अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि दुबै सवारीसाधनलाई प्रहरी चौकी फत्तेपुरले नियन्त्रणमा लिएको र घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।