राजविराजमा ‘पत्रकार’ बनेर धम्क्याउने व्यक्ति पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी । सप्तरीको राजबिराजमा अभद्र व्यवहार, कुटपिट र जबरजस्ती पैसा मागेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विक्की सिंह भन्ने प्रहलाद सिंह, स्थायी ठेगाना तिलाठी कोइलाडी गाउँपालिका–४ र हाल राजविराज नगरपालिका–३ बस्ने, घटनासम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका हुन्।


प्रहरीले दिएको जानकारीअनुसार मिति २०८२/०६/२६ गते राति करीब १:०० बजे गाईलाई गर्भ राख्न साढे खोज्दै घरबाट निस्किएका जाहेरवाला राजविराज–२ स्थित राजदेवी मन्दिर अगाडि पुगेका थिए। त्यही क्रममा आफूलाई ‘पत्रकार विक्की सिंह’ भन्दै नजिकिएका प्रहलाद सिंहले पीडितलाई घेराबन्दी गर्दै
“गाई चोरेको हो” भनेर आरोप लगाउँदै रु १०,००० रकम मागेको जाहेरीमा उल्लेख छ।


जाहेरवाला रकम दिन नमानेपछि सिंहले गालीगलौज तथा कुटपिट गरी घाइते पारेको आरोप लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पीडितले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई
मिति २०८२/०८/०३ गते राति २०:२० बजे राजविराज–२ बाट पक्राउ गरेको हो।


प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रनाउ डम्बर बहादुर पुरीका अनुसार पक्राउ परेका सिंहविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप भई अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।