कञ्चनरूपमा दर्दनाक सडक दुर्घटना : टिफरको ठक्करबाट १० वर्षीया बालिका गम्भीर घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी, १६ जेठ ।

कैलाश माझी : सप्तरीको कञ्चनरूप नगरपालिका–१२ धाती हटियामा टिफरको ठक्करबाट एक बालिका घाइते भएकी छन्।
शनिबार बिहान करिब १०ः२० बजे राजविराजबाट फत्तेपुरतर्फ जाँदै गरेको ना ८ ख ८३२७ नम्बरको टिफरले सडक पार गरिरहेकी पैदलयात्री स्थानीय अदिश मियाँकी करिब १० वर्षीया छोरी सहना खातुनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बालिकाको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेलाई तत्काल उपचारका लागि धर्मेश्वर अस्पताल, ठेलिया, सप्तरी लगिएको थियो। अस्पतालमा सामान्य उपचारपछि थप उपचार आवश्यक देखिएकाले उनलाई विराटनगर पठाइएको जनाइएको छ।

प्रहरीका अनुसार घाइते बालिकाको अवस्था मध्यम रहेको छ। दुर्घटनामा संलग्न टिफर तथा चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।