कार्तिक २२
सप्तरी : शिवचरण प्रसाद शाह (रोहित)को अध्यक्षतामा जनता समाजवादी पार्टी (जसपा) कञ्चनरुप नगरपालिका–२ बर्मझियामा २३ सदस्यीय वडा समिति गठन गरिएको छ। शनिबार आयोजित भव्य कार्यक्रमकै अवसरमा पाँच सयभन्दा बढी नेता–कार्यकर्ताले विभिन्न दल परित्याग गरी जसपामा प्रवेश गरेका छन्।
नवगठित समितिमा सह–संयोजकमा समिद शेख र बलराम पंडित, सचिवमा राहुल शेख, कोषाध्यक्षमा जुलसीदेवी राम, सह–सचिवमा अशोक मण्डल र ताज महम्मद रहेका छन्।
सदस्यहरूमा भोला चौधरी, डोमन राम, शंकर चौधरी, रबिन्द्र प्रसाद, इदरिस मंसुरी, फिरोज मंसुरी, रवान शेख, रसुल शेख, आएसा खातुन, राजकुमार मण्डल, अशोक शाह, लक्ष्मण गुप्ता, इस्लाम शेख, वसिम अकरम, शोभा देवी यादव र धनेश्वर खंग रहेका छन्।
कार्यक्रम जसपा नगरपालिकाका मेयर पदका प्रत्यासी भोला पासवानको अध्यक्षतामा सम्पन्न भएको थियो। जसपामा नेपाली कांग्रेस, नेकपा (एमाले), जनमत पार्टी र लोसपा नेपाल परित्याग गरी सामूहिक रूपमा प्रवेश गर्नेहरूको संख्या पाँच सयभन्दा बढी रहेको आयोजकहरूले जनाएका छन्।
कार्यक्रमका प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह रहेका थिए भने कार्यक्रम सञ्चालन जसपा जिल्ला अध्यक्ष चित्रञ्जन यादव ले गरेका थिए।
नगर अध्यक्ष अनिल कुमार पंझियार, वडा नं. १२ का अध्यक्ष रामसुन्दर यादव, वडा नं. १ का प्रत्यासी रामदेव शर्मा, युवा नेता सुमित साह लगायतका नेताहरूको पनि उपस्थिति थियो।
मेयर पदका उम्मेदवार पासवानले जसपा अब जनताको विश्वास र विकासको पर्याय बनेको भन्दै भने,
“हामी जनताको अधिकार, समानता र न्यायका पक्षमा सदैव अग्रपंक्तिमा रहनेछौं।”
अन्य वक्ताहरूले जसपा सबै वर्ग, जात, धर्म र समुदायको साझा राजनीतिक घर भएको उल्लेख गर्दै पार्टी सुदृढीकरणका लागि निरन्तर अभियान चलाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा जेन्जी समूहका सयौं युवा, बुद्धिजीवी, पत्रकार र स्थानीय बासिन्दाहरूको उत्साहपूर्ण सहभागिता थियो। सहभागीहरूले यस कार्यक्रमलाई “जनताको एकता र परिवर्तनको नयाँ सुरुवात” भन्दै स्वागत गरेका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।