सप्तरी–१ मा चुनावी तमासा — स्वास्थ्य थला, शिक्षा दिशाहीन, रोजगारी शून्य, नेताहरू अझै भाषणमै मस्त
कैलाश माझी,सप्तरी : आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सप्तरी निर्वाचन क्षेत्र नं. १ फेरि चुनावी हलचलले तातेको छ। गाउँ–टोलमा सभा, जुलुस, नाराबाजी, पोस्टर र घरदैलो अभियान तीव्र बनेका छन्। नेताहरू विकासका रंगीन सपना सुनाउँदै जनताको ढोका ढकढक्याइरहेका छन्। सामाजिक सञ्जालदेखि चिया पसलसम्म चुनावी बहस चुलिएको छ। तर जनताको दैनिक …