सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाली बजारमा आज  सुन तोलामा ५ हजार रुपैयाँले बढेको छ। 

नेपाल सुन चाँदी व्यवसायी महांसघका अनुसार आज ५ हजार रुपैयाँले बढेर प्रतितोला सुनको भाउ १ लाख ८९ हजार ८०० रुपैयाँ  कायम भएको छ। मंगलबार एक तोला सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। मंगलबार चाँदी तोलामा १ हजार ९४० रुपैयाँ कायम भएकोमा आज बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।