'स्किल स्पार्क च्याम्पियनसीप २०२५': ग्राण्ड फिनाले कात्तिक २८ गते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

'एलबीईएफ स्किल स्पार्क च्याम्पियनसीप २०२५' को ग्राण्ड फिनालेमा प्रवेश गर्ने १४ उत्कृष्ट टोलीको नाम सार्वजनिक भएको छ ।

स्किल स्पार्कले लर्ड बुद्ध एजुकेशन फाउन्डेशन अर्थात नेपालकै पहिलो आइटी कलेजको टाइटल स्पोन्सरमा महिला सशक्तीकरणका लागि भन्दै देशव्यापी भिडियो प्रतियोगिताको आयोजना गरेको हो। ग्राण्ड फिनाले भने कात्तिक २८ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुने आयोजकले जनाएको छ । फिनालेमा १४ टोलीले आफ्नो सृजनात्मकता र सीपको प्रस्तुति दिनेछन्। 'An Educated Women, A Transformed Nation' को नारा सहित आयोजना भएको प्रतियोगितामा देशभरबाट १४ टोली छनौट भएको स्किल स्पार्कका संस्थापक श्रीजना झाले बताउनुभयो । निर्णायक समितिले प्रतियोगिको भिडियो छनौटमा त्यसले समाजलाई दिने सन्देश, सृजनात्मकता र सीपको प्रस्तुति, सीप विकास एवम् महिला शिक्षा लगायतका विषय वस्तु समेटिएको संस्थापक झाले बताउनुभयो ।   डिजीटल युगमा महिलाको चेतना स्तर बढाउन युग सुहाउँदो तकनिक अवलम्बन गर्नुपर्ने भएकाले च्याम्पियनसीप मार्फत परिवर्तनको सुरुवात गरिएको उहाँको भनाइ छ । यस्ता कार्यक्रमले डिजिटल युगमा सृजनशीलता र सीप विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने आयोजकले जनाएको छ । प्रतियोगिताको निर्णायक समितिमा लियो मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका अध्यक्ष अस्मिता लामिछाने, प्रेरणादायी वक्ता तथा मिडिया व्यक्तित्व सङ्गम महत, जेसीआई नेपालका राष्ट्रिय अध्यक्ष रजनी थापा, काठमाडौं फिल्म्सका निर्देशक शंकर कार्की र क्यान फेडरेशनका उपाध्यक्ष श्रीजना श्रेष्ठ रहनुभएको छ। आयोजकले सूचना प्रविधि क्षेत्रमा विविध तालिम प्रदान गर्दै आएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।