कार्यक्रममा संस्था स्थापना गर्न महत्वपुर्ण भुमिका खेल्नुहुने संस्थापक पदाधिकारीहरु, पूर्वअध्यक्षहरु, संघमा आवद्ध होटल व्यवसायीहरु साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने हुदाँ कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गराउन संघको आग्रह छ
नेपाली होटल व्यवसायी संघले २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउने भएको छ ।
आगामी पौष २८ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भव्य रुपमा मनाउन लागिएको रजत जयन्तीको अवसरमा संघले विगतदेखि वर्तमानसम्मका गतिविधि समेटिएको स्मारिका समेत विमोचन गर्ने भएको छ ।
रजत जयन्तीकै अवसर पारेर संघले पौष २४ गते मानव सेवा आश्रममा रहेका २ सय जनाभन्दा बढी वृद्धवृद्धाहरुलाई भोजन गराउने, २६ गते नयाँ बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम गर्ने, २७ गते बेलुका संघको कार्यालयमा दीप प्रज्वलन गर्ने र २८ गते प्रज्ञा प्रतिष्ठानको हलमा वृहत् कार्यक्रम गरि कार्यक्रमको समापन गर्ने भएको छ ।
कार्यक्रममा संस्था स्थापना गर्न महत्वपुर्ण भुमिका खेल्नुहुने संस्थापक पदाधिकारीहरु, पूर्वअध्यक्षहरु, संघमा आवद्ध होटल व्यवसायीहरु साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने हुदाँ कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गराउन संघको आग्रह छ
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।