नेपाल होटल व्यवसायी संघको रक्तदान कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली होटल व्यवसायी संघ मित्रनगर काठमाडौं ले प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने भएको छ । सिद्धार्थ बैंक गोंगबु शाखा र नेपाली होटल व्यवसायी संघको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रम भोली बुधबार विहान ९ः३० बजे देखि गोंगबु स्थित बिजी मल अगाडी हुने आयोजकले जनाएको छ । संघले प्रत्येक वर्ष प्रजातन्त्र दिवसकै दिन पारेर रक्तदान कार्यक्रम गर्दै आएको संघका अध्यक्ष गणेश ढकालले जानकारी दिनुभयो । कार्यक्रममा करिव १५० व्यक्तिहरुबाट रक्तदान गरिने अपेक्षा रहेको अध्यक्ष ढकालले बताउनुभयो । बालाजू बसपार्क क्षेत्रका होटलहरूको संगठन नेपाली होटल व्यवसायी संघले विभिन्न समयमा समाज हितका विविध कार्य गर्दै आएको जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।