धरानबाट प्रतिबन्धित लागू औषधसहित एक पक्राउ, झापामा थप तीन जना नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ परेका छन् भने लागू औषध कारोबारमा संलग्न चार जना झापा र सुनसरी जिल्लाबाट नियन्त्रणमा लिइएका छन्।

सुनसरीको धरान–१६ का ३० वर्षीय गोपाल राईलाई अस्थायी प्रहरी पोष्ट जोरसखुवा, धरानले ५६९ चक्की प्रतिबन्धित लागू औषध र नगद ३७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

यस्तै, लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले झापाको मेचीनगर–६ स्थित मेची पुलबाट हेटौंडा उपमहानगरपालिका–३ का २१ वर्षीय डेविड लामा र बिर्तामोड–२ का २९ वर्षीय संजय चौधरीलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

लामा २ ग्राम र चौधरी ३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, झापाकै गौरादह नगरपालिका–१ का २९ वर्षीय सुजन कन्दङ्वालाई १ ग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय गौरादहले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमाथि लागू औषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।