डिजिटल कार्डमार्फत स्वास्थ्य बीमा सेवा दिन बोर्डको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं — नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक सबै स्वास्थ्य संस्थालाई डिजिटल कार्डमार्फत स्वास्थ्य बीमा सेवा अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

बोर्डले पत्र संख्या २०८२/०८३ च.नं. १७०५ मार्फत जारी गरेको सूचनामा बिमित नागरिकहरूको सहजताका लागि स्वास्थ्य बीमाको परिचयपत्र (बीमा कार्ड) अब Nagarik App, HIB Profile लगायतका माध्यमबाट तयार हुने Digital Card को QR Code स्क्यान गरेर सेवा दिनुपर्ने व्यवस्था कार्यान्वयन गर्न भनिएको हो।

बोर्डका अनुसार यस सम्बन्धमा २०८० फागुन २४ गते बसेको बोर्ड बैठकबाट निर्णय भई परिपत्र समेत जारी भइसकेको थियो। तर केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले हालसम्म पनि डिजिटल कार्डमार्फत सेवा प्रदान नगरेको भन्ने गुनासो प्राप्त भएपछि पुनः अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन जारी गरिएको हो।

स्वास्थ्य बीमा बोर्डले अब उप्रान्त सबै अस्पताल, क्लिनिक तथा सेवा प्रदायक संस्थाहरूले डिजिटल कार्डमार्फत सेवा दिनुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेको छ।

यस कदमले बिमित नागरिकलाई कार्ड बोकेर हिँड्नुपर्ने झन्झट हट्ने, सेवा प्राप्तिमा सहजता आउने तथा प्रविधिमैत्री सेवा विस्तार हुने अपेक्षा गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।