रातो मच्छिन्द्रनाथको रथ यात्रामा मानवसागर
काठमाडौं । वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा जारी छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएर रथयात्रामा निकालिन्छ ।
रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ । बिहीबार अपरान्हदेखि रथ तान्न सुरू गरेर साँझ जावलाखेल पुर्याइएको हो ।
…