कार्यक्रममा बोल्दै केन्द्रिय महासचिव विष्णु पौडेलले गुणस्तरीय उत्पादन–मर्यादित ब्यापार, नीति निर्माणमा पहुँच–सांगठनिक आधार भन्ने नारालाई सार्थक तुल्याउन एकजुट हुनुपर्ने बताउनुभयो । वृहत बनभोज तथा सांस्कृतिक कार्यक्रममा उपस्थित कलाकारहरुले विशेष सांस्कृतिक प्रस्तुती प्रदर्शन गरेका थिए ।

कार्यक्रमका राष्ट्रिय कलाकारहरु विशाल रायमाझी, जानकी तारामी मगर र सम्झना लामिछाने मगरलाई दोसल्ला ओढाएर मायाको चिनोका साथ सम्मान गरिएको थियो ।

 कार्यक्रम सञ्चालक एवम् सचिब तुलसी प्रसाद अगस्तिले काठमाडौं जिल्लामा रहेका ५ सय भन्दा अधिक सदस्यहरुको सक्रियताले संघको गौरव बढेको भन्दै संघमा व्यसायीहरु स्वस्फुर्त रुपमा संलग्न भइरहेको बताउनुभयो । 


कार्यक्रमका सहभागिहरुले व्यवसायमा आर्थिक समस्या हुन्, स्टेसनरी तथा पुस्तक खरिद तथा बिक्रीमा एकरूपता नहुनु, व्यवसायीहरूबिच अस्वस्थ प्रतिस्पर्धा हुनु, निजी विद्यालयका सञ्चालकसँग मोलमोलाइ गर्नु, व्यवसाय सङ्कटमा पर्नु, विद्यालय हातामा पाठ्यपुस्तकको अवैध कारोबार हुनु, बैङ्क तथा वित्तीय संस्थाबाट प्राप्त ऋण को ब्याजमा सहुलियत प्रदान नगर्नु, प्रकाशकहरू बिच अस्वस्थ प्रतिस्पर्धा हुनु, तल्लो तहका व्यवसायीले लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसक्नु व्यवसायीको ठुलो समस्या रहेको बताएका थिए ।

" /> Saptakoshi Khabar | news detail

स्टेसनरी एवम् पुस्तक व्यवसायीको भविष्य सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

स्टेसनरी एवम् पुस्तक व्यवसायीको भविष्य संकटमा रहेको भन्दै व्यवसायीहरुले नीतिगत समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन । 
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा काठमाडौंको २१ औं साधारणसभामा व्यवसायीहरुले विद्यमान समस्या समाधानका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन । काठमाडौँको टोखा स्थित भुतखेलमा आयोजित साधारणसभा एवम् वृहत बनभोज तथा सांस्कृतिक कार्यक्रममा व्यवसायीहरुले भोग्नुपरेका समस्या र चुनौति तथा भावी कार्ययोजनाबारे छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती एवम् महासंघ अध्यक्ष शिव सागर शर्माले व्यवसायीले झेल्नु परेको नीतिगत समस्या समाधानका लागि सरोकारवालाहरुसँग पहल गरिरहेको वताउनुभयो । अध्यक्ष शर्माले पुस्तक तथा स्टेशनरी व्यवसायीको हकहित संरक्षणका लागि महासंघ गम्भीर रहेको बताउनुभयो । 
कार्यक्रममा बोल्दै काठमाडौँ जिल्ला अध्यक्ष नारायण प्रसाद दाहालले पुस्तक पढ्ने संस्कार बिस्तारै हराउदै गएको भन्दै पढ्ने बानीको बिकास गर्न महासंघले भूमिका खेल्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै केन्द्रिय महासचिव विष्णु पौडेलले गुणस्तरीय उत्पादन–मर्यादित ब्यापार, नीति निर्माणमा पहुँच–सांगठनिक आधार भन्ने नारालाई सार्थक तुल्याउन एकजुट हुनुपर्ने बताउनुभयो । वृहत बनभोज तथा सांस्कृतिक कार्यक्रममा उपस्थित कलाकारहरुले विशेष सांस्कृतिक प्रस्तुती प्रदर्शन गरेका थिए ।

कार्यक्रमका राष्ट्रिय कलाकारहरु विशाल रायमाझी, जानकी तारामी मगर र सम्झना लामिछाने मगरलाई दोसल्ला ओढाएर मायाको चिनोका साथ सम्मान गरिएको थियो ।

 कार्यक्रम सञ्चालक एवम् सचिब तुलसी प्रसाद अगस्तिले काठमाडौं जिल्लामा रहेका ५ सय भन्दा अधिक सदस्यहरुको सक्रियताले संघको गौरव बढेको भन्दै संघमा व्यसायीहरु स्वस्फुर्त रुपमा संलग्न भइरहेको बताउनुभयो । 


कार्यक्रमका सहभागिहरुले व्यवसायमा आर्थिक समस्या हुन्, स्टेसनरी तथा पुस्तक खरिद तथा बिक्रीमा एकरूपता नहुनु, व्यवसायीहरूबिच अस्वस्थ प्रतिस्पर्धा हुनु, निजी विद्यालयका सञ्चालकसँग मोलमोलाइ गर्नु, व्यवसाय सङ्कटमा पर्नु, विद्यालय हातामा पाठ्यपुस्तकको अवैध कारोबार हुनु, बैङ्क तथा वित्तीय संस्थाबाट प्राप्त ऋण को ब्याजमा सहुलियत प्रदान नगर्नु, प्रकाशकहरू बिच अस्वस्थ प्रतिस्पर्धा हुनु, तल्लो तहका व्यवसायीले लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसक्नु व्यवसायीको ठुलो समस्या रहेको बताएका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।