कैलाश माझी,सप्तकोशी । न्यु त्रियुगा स्पोर्ट्स क्लबको आयोजना तथा सप्तकोशी नगरपालिका १ सप्तरीको मुख्य सहयोगमा आयोजित प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ सभ्य र भब्यका साथ सम्पन्न भएको छ ।
सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुर स्थित सहिद स्मृति रंगशालामा जारी प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि अजम्बरि युवा क्ल्ब उदयपुरले हासिल गरेको छ।
सोमबार भएको दि गोर्खाज फुटबल एकेडेमी बसाहा र अजम्बरि युवा क्ल्ब भागलपुर बिच भएको फाइनल खेलमा ४-३ गोलान्तरले बसाहालाइ पराजित गर्दै भागलपुरले प्रतियोगिताको उपाधि जितेको हो। निर्धारित समयमा दुबै टिमको १-१ गोल बराबरी भए पछि प्रतियोगिताको फाइनल खेल ट्राइवेकरमा परिणत भएको थियो।
पहिलो गोल दि गोर्खाज फुटबल क्लव बसाहाका जर्सी नम्बर ९ का रोहन राईले खेल को ३१ औ मिनेटमा गोल गरेका थिए भने अजम्बरी युवा क्लब भागलपुरका जर्सि नम्बर ६६ का बिनोद राईले खेलको ३४ औ मिनेटमा।गोल गरेपछि खेल बराबरीमा भएको थियो।
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको खेलमा निर्धारित समाय खेलको छिनोफानो हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो।
त्यस्तै प्रतियोगिताको म्यान अफ द म्याच भागलपुरका आदेश दर्नाल घोषित भएका थिए। यस्तै सhर्बाधिक गोल कर्ता बसाहाका रितेश तामाङ र उत्कृष्ट गोलकिपर भागलपुरका नबिन राउत र सर्वोउत्कृष्ट खेलाडी बसाहाका युवराज थापा घोषित भएका थिए।
त्यस्तै न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरद्वारा सहिद स्मृति रंगशाला फत्तेपुरमा आयोजित प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा सप्तरी र उदयपुरका गरि जम्मा ८ वटा टिमहरुले सहभागिता जनाएका थिए।
प्रतियोगिता को बिजेता टिमलाइ नगद रु ३० हजार ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै उपबिजेता टिमलाइ नगद रु २० हजार ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल, निबर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा, उप प्रमुख रिताकुमारि चौधरी, वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल, नेकपा एमाले सप्तकोसी नगर अध्यक्ष पारस दहाल, जिल्ला फुटबल संघ सप्तरीका वरिष्ठ उपाध्यक्ष अमर खवास, जिल्ला खेलकुद बिकास समिति सप्तरीका कार्यलय प्रमुख दिनेश भुजेलले पुरस्कार बितरण गरेका थिए।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।