सप्तकोशी : नेपालमा विद्यालयको आसपासमा धुम्रपान र सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाइएको छ। नेपालको धुम्रपान तथा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ ले विद्यालय, स्वास्थ्य संस्थाहरू, र सार्वजनिक स्थलका वरपर सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रचारप्रसारमा रोक लगाएको छ। यस ऐन अनुसार, विद्यालय परिसरदेखि १०० मिटर भित्र धुम्रपानजन्य पदार्थको बिक्री गर्न निषेध गरिएको छ। तर, सप्तकोशी नगरपालिका अन्तर्गतका अधिकांश स्थानमा विद्यालय आसपासका क्षेत्रमा कानुनी उल्लंघन गर्दै धुम्रपान र सुर्तीजन्य पदार्थको बिक्री भइरहेको छ।
केही विद्यालयहरूले आफैंले भाडा मा लगाऐको सटर मा पनि यस्ता पदार्थहरू बेचेको पाईएको छ । बिद्यार्थी ले बिद्यालय पोशाकमा नै यसतो सामग्री किन्ने र सबेन गर्ने गरेका छा ।यसका साथै, विद्यालयको शौचालयमा चुरोटको ठुटा र परागका खोल देखिदा समेत बिद्यालय र शिक्षक को यसको नियन्त्रण मा कुनै किसिमको चासो देखिऐको छैन । यसले बालबालिकामा कुलतको प्रभाव पार्न सक्ने र उनीहरूको स्वास्थ्यमा विभिन्न नकरात्मक असर पुर्याउन सक्ने सम्भावना छ।
यस सम्बन्धी के छ त कानुनि ब्यबस्था।
नेपालको धुम्रपान तथा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ मा उल्लिखित प्रावधानहरू अनुसार, विद्यालयका वरपर धुम्रपान र सुर्तीजन्य पदार्थको बिक्रीमा कडा नियन्त्रण राखिएको छ। यसका केही महत्वपूर्ण कानुनी प्रावधानहरू तल प्रस्तुत गरिएको छ:
1. विद्यालय वरपर १०० मिटर भित्र धुम्रपानजन्य पदार्थको बिक्री:
पहिलो पटक: रु. १०० देखि रु. १०,००० सम्म जरिवाना।
दोहोर्याएमा: अझ कडा कारबाही, जस्तै व्यवसाय बन्द गर्ने वा ठूलो रकम जरिवाना।
2. सार्वजनिक स्थलमा धुम्रपान:
तुरुन्तै: रु. १०० जरिवाना।
3. सुर्तीजन्य पदार्थको प्रचारप्रसार गर्ने:
जरिवाना: रु. १५,००० देखि रु. १ लाख सम्म।
4. अस्वीकृत क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री:
विद्यालय, अस्पताल, र धार्मिक स्थल जस्ता अस्वीकृत क्षेत्रमा धुम्रपानजन्य पदार्थको बिक्रीमा व्यवसाय अनुमति खारेज गर्ने व्यवस्था गरिएको छ।
तसर्थ बिद्यालय शिक्षक अभिभावक साथै समग्र नगरपालिका को यस प्रति गम्भीर ध्यानाकर्षण भई यस किसिमको कार्य रोकन चाडो भन्दा चाडो अनुगमन गरि दोषी लाई कडा कारबाही हुनेछ भन्नेमा आशावादी रहने छु ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।